KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गंगा सागर आसपास बढ्दो अपराधप्रति रास्वपा युवाको दबाव, सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न

गंगा सागर आसपास बढ्दो अपराधप्रति रास्वपा युवाको दबाव, सुरक्षा व्यवस्थामा गम्भीर प्रश्न

जनकपुर, १ पुस । धार्मिक आस्था र सांस्कृतिक पहिचानको प्रतीक जनकपुरका मठमन्दिर तथा तीर्थस्थलहरू पछिल्लो समय असुरक्षित बन्दै गएका छन्।

विशेषगरी जनकपुरधाम उपमहानगरपालिका वडा नं. ०४ अन्तर्गत गंगा सागर पोखरीको दक्षिण घाटमा रहेको जय माँ काली मन्दिर तथा पोखरी वरपर चोरी, लुटपाट, नशालु पदार्थको सेवन र अन्य अनैतिक क्रियाकलापहरू बढ्दै गएपछि स्थानीयवासी तथा सरोकारवाला चिन्तित बनेका छन्।

यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का युवाहरूले गम्भीर ध्यानाकर्षण गराउँदै यस्ता अप्रिय गतिविधिहरू तत्काल रोक्न र रोकथामका लागि प्रभावकारी कदम चाल्न माग गरेका छन्।

उनीहरूले स्थानीय सरकार, नेपाल प्रहरी, प्रशासन तथा सम्बन्धित सबै सरोकारवाला निकायलाई जानकारी गराउँदै चौतर्फी दबाव सिर्जना गर्न आग्रह गरेका हुन्।

यस सन्दर्भमा सार्वजनिक गरिएको एक भिडियो सन्देशमार्फत रास्वपाका पूर्व जिल्ला सभापति तथा प्रदेश सचिवालय सदस्य डा. जय प्रकाश महतो र जनकपुर नगर सभापति ललन कुमार नायकले आफ्नो धारणा राख्दै जनकपुरको धार्मिक स्थलमा भइरहेका यस्ता गतिविधिले शहरको छवि बिगार्नुका साथै श्रद्धालु र पर्यटकको सुरक्षामा समेत गम्भीर खतरा पैदा गरेको बताएका छन्।

उनीहरूले समस्या समाधानका लागि तत्काल सुरक्षा व्यवस्था कडा पार्न र नियमित अनुगमन गर्न आग्रह गरेका छन्।

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी धनुषा जिल्लाका RAT संयोजक ललन यादव तथा युवा नेता नरेश यादवको समेत उपस्थिति रहेको थियो।

उपस्थित नेताहरूले जनकपुरका मठमन्दिर केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई शहरको प्रमुख पर्यटकीय आधारसमेत भएकाले तिनको संरक्षण र सुरक्षामा राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका छन्।

स्थानीयवासीका अनुसार, यस्ता घटनाहरू बढ्दै जाँदा साँझपख मन्दिर वरपर जानसमेत डर लाग्ने अवस्था सिर्जना भएको छ।

जनकपुरको पहिचान, आस्था र पर्यटन जोगाउन तत्काल प्रभावकारी कदम नचालिए स्थिति झनै गम्भीर बन्न सक्ने उनीहरूको चेतावनी छ।

Facebook Comment

Related Posts

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

उम्मेदवार छनोट कडा बनाउँदै रास्वपा

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

स्थानान्तरणमा छुटेकालाई सेवा लिन सरकारको अपिल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar