KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सामाजिक सञ्जालमार्फत प्रेम, विवाहको नाममा बेचबिखनको जालो

सामाजिक सञ्जालमार्फत प्रेम, विवाहको नाममा बेचबिखनको जालो

बाँके १ पुष । सामाजिक सञ्जालमार्फत भारतीय नागरिकसँग प्रेम सम्बन्ध गाँसेर विवाह गर्न भारत जाने नेपाली युवतीको सङ्ख्या बढ्दै जाँदा मानव बेचबिखनको जोखिम गम्भीर बन्दै गएको छ ।

अभिभावकलाई जानकारी नदिई घरबाट भागेर भारत जाने युवती दलालको फन्दामा पर्ने सम्भावना उच्च रहेको सरोकारवालाले चेतावनी दिएका छन् ।

यसैक्रममा भारतको सिमलातर्फ जाँदै गरेका दाङ र अर्घाखाँची जिल्लाका दुई युवतीलाई चार दिनअघि नेपालगन्जस्थित जमुनाह नाकामा मानव बेचबिखनको आशङ्कामा रोकिएको थियो । मानव बेचबिखन तथा ओसारपसारविरुद्ध क्रियाशील शान्ति पुनः स्थापना केन्द्र नेपालगन्जका प्रतिनिधिले उनीहरूलाई उद्धार गरी परामर्श गर्दा सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएपछि विवाहका लागि भारत जान लागेको खुलासा भएको हो ।

शान्ति पुनः स्थापना केन्द्र नेपालगन्जकी संयोजक सम्झना चँदाराका अनुसार उद्धार गरिएकामध्ये दाङकी युवतीको उमेर मात्र १५ वर्ष रहेको छ भने अर्घाखाँचीकी युवती २२ वर्षकी छिन् । “सामाजिक सञ्जालमै कुराकानी भएको भरमा अभिभावकलाई जानकारी नदिई विवाहका लागि भारत जानु आफैँमा ठूलो जोखिम हो,” उनले भनिन् ।

केन्द्रको पहलमा नाबालिकालाई अभिभावकसँग सम्पर्क गराई पारिवारिक पुनर्मिलन गराइसकिएको छ भने अर्की युवतीलाई पनि अभिभावकको जिम्मा लगाउने प्रक्रिया अघि बढाइएको छ ।

नेपालगन्ज उपमहानगरपालिका महिला, बालबालिका तथा नागरिक शाखा प्रमुख पवित्राकुमारी पुरीले भारतीय नागरिकसँग विवाह गरिसकेका कतिपय नेपाली महिलाले नै सामाजिक सञ्जालमार्फत नेपाली युवतीलाई फसाउने समन्वयकारी भूमिका खेल्ने गरेको पाइएको बताइन् ।

“विवाहको बहानामा भारत पु¥याएर आर्थिक लाभ लिने प्रवृत्ति बढ्दै गएको छ,” उनले भनिन्। इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक किरण प्रकाश मल्लले सामाजिक सञ्जालमार्फत चिनजान भएका व्यक्तिसँग भागेर भारत जाने महिला तथा बालबालिका उच्च बेचबिखनको जोखिममा पर्ने भएकाले सचेतना आवश्यक रहेको बताए ।

शान्ति पुनः स्थापना केन्द्रका राष्ट्रिय उद्धार संयोजक भूमिराज भट्टराईले सामाजिक सञ्जालमा देखिने क्षणिक आकर्षण र प्रलोभनका कारण यस्तो जोखिम बढेकाले सीमा नाकामा निगरानी र सचेतना कार्यक्रम थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। केन्द्रले मात्रै गत आर्थिक वर्षमा ३९९ महिला तथा बालबालिकाको उद्धार गरेको जनाएको छ ।

हाल जमुनाह नाकामा शान्ति पुनः स्थापना केन्द्र, माइती नेपाल, साथी संस्था लगायत करिब एक दर्जन सङ्घसंस्थाले मानव बेचबिखनविरुद्ध संयुक्त रूपमा काम गर्दै आएका छन् ।

Facebook Comment

Related Posts

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

बहुजन हितायको भावनासहित सैनिक कल्याण सुधारको प्रतिबद्धता

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

दक्षिण टर्कीमा विद्यालय लक्षित हमला, ९ जनाको मृत्यु

समानुपातिक सांसदसँग प्रधानमन्त्रीको लामो संवाद

संघीयता सुदृढ गर्न प्रधानमन्त्री-मुख्यमन्त्री बैठक आज

कर छुटका बाबजुद घाटा, निगमले बढायो इन्धनको भाउ

आयल निगमद्वारा इन्धन मूल्य समायोजन, पेट्रोल यथावत्

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

मन्त्रिपरिषद्को निर्णय : सम्पत्ति छानबिन आयोगदेखि सुरक्षा समिति गठन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar