काठमाडौं, १ पुस । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ ।
अन्तिम नामावली विद्युतीय मतदान मेसिनमा लोड गर्न कम्तीमा १६ घण्टा लाग्ने भएकाले आज मतदान सम्भव नभएको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अध्यक्ष डा. विजय सुब्बाका अनुसार भोलि बिहानबाट मतदान सुरु हुने र सहमति प्रयास पनि जारी रहेको छ । बुधबार मतदान भएमा बिहीबार साँझसम्म नतिजा सार्वजनिक गरिने आयोगको भनाइ छ ।
अध्यक्ष पदका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबीच प्रतिस्पर्धा छ भने पदाधिकारीका विभिन्न पदमा ४२ जनाको उम्मेदवारी परेको छ ।
महाधिवेशनबाट १९ पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।














