काठमाडौँ, २९ मंसिर । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार मन्त्रिपरिषद् बैठक सुरु भएको छ ।
नियमित कार्यतालिका अनुसार बसिरहेको यस बैठकमा सरकारका समसामयिक कामकारबाही, नीतिगत विषय तथा विभिन्न मन्त्रालयका प्रस्तावहरूमाथि छलफल हुने बताइएको छ ।
बैठकमा मन्त्रालयहरूबाट पेश गरिएका प्रस्ताव, विकास आयोजना, प्रशासनिक निर्णय, नियुक्ति तथा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयहरूमा आवश्यक निर्णय गरिनेछ ।
साथै, सरकारका हालसम्मका कामकारबाहीको समीक्षा गर्दै आगामी कार्यदिशाका बारेमा पनि छलफल हुने जनाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने मन्त्रिपरिषद् बैठक सरकारको सर्वोच्च कार्यकारी निर्णय गर्ने निकाय भएकाले आजको बैठकलाई महत्वपूर्ण मानिएको छ ।
बैठकका निर्णयहरू बैठक सम्पन्न भएपछि सार्वजनिक गरिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।














