काठमाडौँ, २९ मंसिर । नेकपा एमालेका अध्यक्ष तथा आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीको पक्षमा महाधिवेशनस्थल भृकुटीमण्डपमा चर्को नाराबाजी भएको छ ।
सोमबार भृकुटीमण्डपमा भेला भएका कार्यकर्ताले ओलीको समर्थनमा नाराबाजी गर्दै महाधिवेशनको माहौल तताएका हुन् । एमालेको नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान हुने तयारी छ ।
अध्यक्ष पदमा ओलीलाई वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चुनौती दिने भएका छन् ।














