जनकपुर, २९ मंसिर । सर्लाही प्रहरीले अवैध लागुऔषध नियन्त्रण अभियान अन्तर्गत ठूलो परिमाणमा गाँजा खेती फँडानी गरेको छ ।
जिल्लाको लालबन्दी नगरपालिका–१४ स्थित मायास्थान क्षेत्रअन्तर्गत चुरे जंगल क्षेत्रमा लगाइएको करिब ४० बिघा क्षेत्रफलमा फैलिएको अवैध गाँजा खेती पूर्ण रूपमा नष्ट गरिएको८८ जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले अभियान सञ्चालन गर्दै करिब १३० जना सुरक्षाकर्मी परिचालन गरी दुई लाखभन्दा बढी गाँजाका बोटहरू फँडानी गरेका हुन् ।
दुर्गम र जङ्गल क्षेत्र भएकाले लामो समयदेखि अवैध रूपमा गाँजा खेती हुँदै आएको सूचनाका आधारमा उक्त कारबाही गरिएको जनाइएको छ ।














