काठमाडौं, २८ मंसिर । कांग्रेसका नेता आमोद प्रसाद उपाध्यायको निधन भएको छ ।
मोरङको विराटनगर निवासी उपाध्यायको काठमाडौंको ह्याम्स अस्पतालमा उपचारको क्रममा निधन भएको छ ।
२०५१ सालमा राष्ट्रिय सभा सदस्य भएका उपाध्याय २०५६ देखि २०५८ सालसम्म शिक्षा तथा खेलकूद मन्त्री थिए ।
उनी २०५६ सालको संसदीय निर्वाचनमा मोरङ क्षेत्र नम्बर १ बाट निर्वाचित उनी पुनर्स्थापित व्यवस्थापिका संसदमा समेत क्रियाशील थिए ।














