काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारमा आज (शुक्रबार) चार मन्त्री थपिँदै छन् ।
वन तथा वातावरण मन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्ति गर्न लागिएको हो ।
जसअनुसार कुमार इङनामलाई भूमि, माधव चौलागाईँलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिइनेछ ।
यसअघि भूमि मन्त्रालयको पनि जिम्मेवारी सम्हालिरहेका अनिलकुमार सिन्हालाई भने सट्टामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइने जनाएको छ ।
बाँकी दुई– उद्योग वाणिज्य तथा आपूर्ति र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी भने उनको यथावत् रहनेछ । उनीहरूलाई आजै दिउँसो ३ बजे शपथ खुवाउने तयारी गरिएको छ ।














