काठमाडौं, १८ मंसिर । एमालेले मंसिर २७ गतेदेखि सुरु हुने ११औँ राष्ट्रिय महाधिवेशनका लागि तयारी तीव्र बनाएको छ ।
भक्तपुर सल्लाघारीस्थित नेपाल ट्रस्टको १०८ रोपनी चौरमा दुई लाखसम्म अट्ने अनुमानसहित कार्यक्रमस्थल निरीक्षण उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले गरेको छ ।
महाधिवेशनमा करिब २,५०० प्रतिनिधि तथा उद्घाटन समारोहमा १ लाख ५० हजारभन्दा बढी कार्यकर्ता उपस्थिति हुने अपेक्षा गरिएको छ ।
मञ्च निर्माणसहित संरचना तयार गर्न करिब ६०० स्वयंसेवक परिचालन हुनेछन् । पार्टीले स्थल तयारी आजैदेखि डोजर प्रयोग गरेर सुरु गरिसकेको जनाएको छ ।














