काठमाडौं, १६ मंसिर । जनमत पार्टी परित्याग गरेका डा. शरदसिंह यादवले आफ्नो नेतृत्वमा नयाँ राजनीतिक दल जनअधिकार पार्टी स्थापना गरेका छन् ।
यो दल निर्वाचन आयोगमा दर्ता भएसँगै औपचारिक रूपमा सक्रिय भएको छ । जनअधिकार पार्टीले आयोगबाट दर्ता प्रमाणपत्र गत १४ मंसिरमा, दल दर्ताका लागि उपलब्ध गराइएको अन्तिम दिनमै प्राप्त गरेको थियो ।
आयोगले यस दललाई ढुंगा चुनाव चिन्ह प्रदान गरेको छ । नयाँ दलमा ७ महिलासहित २१ सदस्यीय केन्द्रीय समिति गठन गरिएको अध्यक्ष यादवले जानकारी दिए ।
माधेश केन्द्रित वैकल्पिक राजनीतिक बलको रूपमा आफूहरू उदाउन खोजिरहेको उल्लेख गर्दै उनले भने, “हामी मधेशको राजनीतिमा सशक्त र नयाँ विकल्प बन्नेछौँ ।”














