काठमाडौं, १६ मंसिर । उज्यालो नेपाल पार्टी घोषणा गरेपछि सक्रिय राजनीतिक दौडधुपमा रहेका ऊर्जा तथा भौतिक पूर्वाधार विकास मन्त्री कुलमान घिसिङले दुई दिन पूर्वी नेपालमै बिताउँदै सरकारी संरचना तथा विकास आयोजना निरीक्षणसँगै आफ्ना समर्थकसँग पनि भेटघाट गरे ।
आइतबार सरकारी निरीक्षणका सिलसिलामा पूर्व पुगेका घिसिङले त्यस दिन नै धरानमा स्थानीय तथा समर्थकसँग अन्तक्र्रिया गरे । त्यसपछिको सोमबार मोरङको बेलबारी पुग्दा स्थानीयले उनलाई विशेष स्वागतसमेत गरे ।
भेटघाटका कार्यक्रमहरू पार्टीको नाम उल्लेख नगरी आयोजना भए पनि ब्यानरमा भने उनको तस्बिर प्रमुख रूपमा राखिएको थियो । समर्थकसमक्ष घिसिङले देशमा नयाँ राजनीतिक शक्ति र वैकल्पिक विकल्पहरू मिलेर अघि बढ्नुपर्ने आवश्यकता दोहोर्याउँदै उज्यालो नेपाल निर्माणका लागि साथ र सहयोग मागे ।














