काठमाडौं, १५ मंसिर । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह शोकमा परेका छन् । उनका बुवा रामनारायण शाहको केहीबेरअघि नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा निधन भएका छन् ।
आइतबार बिहान उनी बेहोसी अवस्थामा रहेको परिवारले अस्पताल पु¥याएको थिए । अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर बनेपछि तत्काल आइसीयूमा भर्ना गरिएको थियो ।
एक चिकित्सकका अनुसार रामनारायण शाह एक साता लामो समयदेखि बिरामी थिए । उनलाई मधुमेहका साथै पिसाब संक्रमण रहेको र उक्त संक्रमण शरीरभर फैलिँदै गएपछि अवस्था जटिल बन्दै गएको बताइए ।
शाहलाई हेर्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि अस्पताल पुगेकी थिइन् । उनले शाहको स्वास्थ्यबारे परिवारसँग जानकारी लिएको र भेन्टिलेटरमा रहेका अन्य बिरामीलाई समेत अवलोकन गरेको स्रोतले जनाएको छ ।














