काठमाडौं, १४ मंसिर । प्रभु बैंकका सीईओ अशोक शेरचनलाई बैंकिङ कसुर आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (CIB) ले आइतबार बबरमहलस्थित केन्द्रीय कार्यालयबाट पक्राउ गरेको छ ।
पछिल्लो समय उनीमाथि लागेको आरोपका कारण CIBले निगरानी गरिरहेको थियो । यसअघि सोही प्रकरणमा पूर्वअध्यक्ष देवी भट्टचनलाई पनि पक्राउ गरिएको थियो, तर उनी हाजिर–जमानीमा रिहा भएका छन् ।














