काठमाडौं, १४ मंसिर । नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशनको लोगो औपचारिक रूपमा सार्वजनिक गरिएको छ ।
पार्टीको प्रचार समितिद्वारा च्यासलस्थित कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लोगो सार्वजनिक गरे।
पार्टी सचिव तथा प्रचार समितिका संयोजक पद्मा अर्यालका अनुसार लोगोमा राष्ट्रिय झन्डा, धरहरा, पाँचतल्ले दरबार र पार्टीको निर्वाचन चिन्हलाई बहुभाषिक रूपमा समायोजन गरिएको छ, जसले पार्टीको इतिहास, आन्दोलन र संकल्पलाई कलात्मक रूपले प्रस्तुत गर्छ ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायत नेताको उपस्थिति थियो । सो अवसरमा महाधिवेशनसम्बन्धी जिङ्गल पनि सार्वजनिक गरिएको छ ।














