KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

समावेशी राज्यका लागि सबै उत्पीडित समुदाय एकजुट हुनुपर्ने : अध्यक्ष यादव

उपेक्षित समुदायको आवाज संस्थागत गर्न राज्य गम्भीर हुनुपर्छ : चेम्जोङ

समावेशी राज्यका लागि सबै उत्पीडित समुदाय एकजुट हुनुपर्ने : अध्यक्ष यादव

जनकपुर, १३ मंसिर । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशी र न्यायपूर्ण राज्य निर्माणका लागि देशभरका सबै उत्पीडित समुदायहरू एकजुट हुनुपर्ने बताएका छन् ।

दलित, पिछडावर्ग, थारू, आदिवासी तथा अल्पसंख्यक समुदायहरूको परिसंघ धनुषाद्वारा जनकपुरमा आयोजित जिल्ला भेला तथा बृहत् अन्तरसंवाद कार्यक्रममा बोल्दै उनले नेपालमा भएका राजनीतिक परिवर्तनमा दलित, मधेसी, थारू, आदिवासी र अन्य अल्पसंख्यक समुदायहरूको ठूलो योगदान रहे पनि उनीहरूले अपेक्षित सामाजिक न्याय, समान अधिकार र समावेशिताको परिणाम अझै प्राप्त गर्न नसकेको उल्लेख गरे ।

यादवले राज्य संरचना, नीति निर्माण र निर्णय प्रक्रियामा उत्पीडित समुदायको सार्थक तथा समानुपातिक सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

उनका अनुसार समानता, न्याय र पहिचानलाई संस्थागत नगरी देशमा स्थायी शान्ति, लोकतान्त्रिक स्थिरता र समृद्धि सम्भव हुँदैन । उनले सबै समुदायबीच एकता र संयुक्त अभियान आवश्यक रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै जसपा नेपालका केन्द्रीय सहअध्यक्ष रकम चेम्जोङले समावेशीकरण, समान अवसर, पहिचानको संरक्षण र सामाजिक न्यायलाई सुनिश्चित गर्न राज्य संयन्त्रले अझ गम्भीर र उत्तरदायी भूमिकामा काम गर्नुपर्ने धारणा प्रस्तुत गरे ।

उनले जसपाले उठाइरहेको पहिचान तथा समान अधिकारको एजेन्डा कुनै एक पार्टीको मात्रै नभई देशभरका उत्पीडित र उपेक्षित समुदायहरूको सामूहिक आवाज भएको बताए ।

कार्यक्रममा परिसंघ धनुषाका संयोजक चन्देश्वर पासवानसहित विभिन्न समुदायका अगुवाहरूले आफ्नो–आफ्नो क्षेत्रमा देखिएका समस्या, अधिकार प्राप्तिमा रहेका चुनौती, आगामी रणनीति तथा समावेशी राज्य संरचनाका आवश्यकताबारे धारणा राखेका थिए ।

सहभागीहरूले समसामयिक मुद्दाहरूमा विस्तृत छलफल गर्दै आगामी दिनमा एकीकृत रूपमा अभियान अघि बढाउने प्रतिबद्धता जनाए। कार्यक्रममा विभिन्न तहका प्रतिनिधि, सरोकारवालाहरू र समुदायका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Facebook Comment

Related Posts

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

सरकारको सम्पर्कमा हजारौँ सुकुमबासी, बसोबास अझै अनिश्चित

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

डोजरपछि विस्थापितलाई सुरक्षित बसोबास दिन रास्वपाको सुझाव

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

संवैधानिक परिषद् अध्यादेश विवादमा, राष्ट्रपतिद्वारा फिर्ता

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

लेबननमा तनाव चर्किँदै, दुवैतर्फबाट आक्रमण

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

श्रीकृष्ण मृत्यु प्रकरणमा न्याय माग्दै आन्दोलन

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar