जनकपुर, १२ मंसिर। राजर्षि जनक विश्वविद्यालयअन्तर्गतको विश्वविद्यालय क्याम्पस जनकपुरधाममा नयाँ अध्यान सत्रका विद्यार्थीहरूका लागि अभिमुखीकरण (Orientation) कार्यक्रम सुरु भएको छ।
शुक्रबार क्याम्पस परिसरमै आयोजित विशेष कार्यक्रममा नव–भर्ना भएका विद्यार्थीलाई संकायगत विषयहरूको परिचय, विश्वविद्यालयको शैक्षिक संरचना, क्याम्पसको नियम–अनुशासन तथा उपलब्ध शैक्षिक स्रोतबारे विस्तृत जानकारी दिइएको क्याम्पस प्रशासनले जनाएको छ।
कार्यक्रममा सम्बद्ध संकाय प्रमुख तथा प्राध्यापकहरूले विद्यार्थीलाई विश्वविद्यालयको लक्ष्य, शैक्षिक गुणस्तर, उपलब्ध अवसरहरू, भविष्यका सम्भावनाहरू र क्याम्पसले प्रदान गर्दै आएको वातावरणबारे मार्गदर्शन गरे।
कक्षाकोठा व्यवस्थापनदेखि पुस्तकालय, प्रयोगशाला, छात्रावास, अनुसन्धान संस्कृति तथा अतिरिक्त क्रियाकलापसम्बन्धी जानकारी पनि अभिमुखीकरणको मूल भाग रहेको थियो।
नवआगन्तुक विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थितिमा क्याम्पसले दोसल्ला र टीका लगाएर विशेष स्वागतसमेत गरेको थियो।














