काठमाडौं, ११ मंसिर । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३–२४ का घटनामा लुटिएका हातहतियार फिर्ता ल्याउन देशभर ‘सेक्युरिटी अपरेसन’ सञ्चालन गरिएको बताए ।
अहिलेसम्म ७२३ थान हतियार बरामद भएको छ । जेन–जी आन्दोलनका क्रममा जेलबाट फरार १४,५५४ मध्ये ९,६९७ कैदी फिर्ता ल्याइएका छन् भने ४,८५७ को खोजी जारी छ ।
आन्दोलनसँग सम्बन्धित आपराधिक गतिविधिमा संलग्न ५९५ जना पक्राउ परेका मध्ये २८३ विरुद्ध मुद्दा दर्ता भएको छ ।
आगामी निर्वाचन सुरक्षाका लागि सेना परिचालनको प्रस्ताव स्वीकृत भइसकेको तथा सुरक्षा निकायका लागि आवश्यक सवारी–साधन खरिद प्रक्रिया अघि बढाइएको गृहमन्त्रीले जानकारी दिए ।














