एजेन्शी, बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई ढाकाको विशेष अदालतले भ्रष्टाचार तथा षड्यन्त्र सम्बन्धी तीन धोखाधडी मुद्दामा २१ वर्ष कैद सजाय सुनाएको छ ।
विशेष न्यायाधीश–५ मोहम्मद अब्दुल्लाह अल मामुनले प्रत्येक मुद्दामा सात–सात वर्षका दरले सजाय तोकेको हो ।
भ्रष्टाचार विरोधी आयोगले सरकारी प्लट गैरकानूनी रूपमा बाँडेको आरोपमा उनी र परिवारविरुद्ध ६ मुद्दा दायर गरेको थियो, जसमा बाँकी तीन मुद्दाको फैसला डिसेम्बर १ मा सुनाइनेछ ।
अदालतले हसिनाका छोरा सजीव वाजेद जोय र छोरी साइमा वाजेद पुतुललाई पनि पाँच–पाँच वर्ष कैद सजाय सुनाएको छ ।यसअघि मानवताविरुद्धका अपराधमा बङ्गलादेशको आईसीटीले २०२४ मा हसिनालाई मृत्युदण्ड सजाय सुनाइसकेको थियो ।














