काठमाडौं, १० मंसिर । जेनजी आन्दोलनको क्रममा सर्वोच्च अदालत जलाएको आरोपमा नेपाल ल क्याम्पसका पूर्वस्ववियू सभापति विष्णु ढुंगेलले पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको । सर्वोच्च अदालत जलाउँदा उनको उपस्थिति देखिएपछि पक्राउ गरिएको प्रहरीले बताए ।
यसअघि प्रहरीले सर्वोच्च अदालत जलाएको आरोपमा पाँच जना पक्राउ परेका थिए । अहिले पक्राउ पर्नेको संख्या ६ पुगेको छ ।














