धनगढी, १० मंसिर । धनगढीमा एमाले नेता महेश बस्नेत आगमनका क्रममा तनाव उत्पन्न भयो ।
बस्नेतको विरोधमा जेनजी युवाहरूले प्लेकार्डसहित नाराबाजी गरेपछि उनीहरू र एमाले सम्बद्ध राष्ट्रिय युवा संघबीच घम्साघम्सी भयो। केही बेरको विवादपछि जेनजी युवाहरू तितरबितर भए ।
जेनजी समूहले आफूहरूमाथि कुटपिट भएको दाबी गरे पनि युवा संघले कुटपिट नभएको र सामान्य विवाद मात्र भएको प्रतिक्रिया दिएको छ ।














