काठमान्डौँ १० मंसिर । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन आह्वान गर्ने माग तीव्र बन्दै गएको छ ।
यही सन्दर्भमा आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा विशेष महाधिवेशन पक्षधरहरूको भेला जारी छ ।
भेलामा सहभागी पुराना पुस्ताका वरिष्ठ नेता, जिल्ला सभापति तथा नयाँ पुस्ताका विभिन्न नेताहरूले पार्टीलाई दिशानिर्देशन दिन विशेष महाधिवेशन आवश्यक भएको जिकिर गर्दै आफ्नो धारणा राखिरहेका छन् ।
यसअघि २९ असोजमा २ हजार ४९९ प्रतिनिधिले हस्ताक्षर सहित विशेष महाधिवेशनको माग कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइएको थियो भने कांग्रेस विधानअनुसार प्रस्ताव पेस भएको मितिबाट तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था रहेको छ ।














