जनकपुर, १० मङ्सिर। युरोगाइनेकोलोजिस्ट तथा ल्याप्रोस्कोपी सर्जन डा. सन्तोष कुमार झाले पहलमा
जनकपुर–७, दशरथ तालाउ नजिक, पेठिया बजार जाने बाटोमा स्थापना भएको जनकनन्दिनी ग्रामीण सिटी पोलिक्लिनिक आज एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ।
पोलिक्लिनिकको उद्घाटन मधेश प्रदेशका ऊर्जा, सिचाइ तथा खानेपानी मन्त्री लखन दास तत्माले गर्नुभयो।
उद्घाटन कार्यक्रममा मन्त्री तत्माले जनकपुर उपमहानगरका शहरी तथा ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि यस्तो निजी क्षेत्रको पहल महत्वपूर्ण रहेको बताउँदै पोलिक्लिनिकले सर्वसाधारणलाई सहज, सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने अपेक्षा व्यक्त गर्नुभयो।
डा. सन्तोष कुमार झाले ग्रामीण क्षेत्रका महिलाहरूले स्वास्थ्य समस्या लुकाएर बस्नुपर्ने परिस्थितिलाई अन्त्य गर्दै आधुनिक प्रविधि र विशेषज्ञ सेवासहितको उपचार सुविधा अब जनकपुरकै नजिक उपलब्ध हुने विश्वास व्यक्त गरे।
पोलिक्लिनिकमा महिलासम्बन्धी रोग, युरोलोजी, ल्याप्रोस्कोपिक सर्जरीसहित विभिन्न स्वास्थ्य सेवा सञ्चालनमा ल्याइने बताइएको छ।














