काठमाडौं, ९ मंसिर । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ११औँ महाधिवेशनमा पार्टी अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
विज्ञप्ति जारी गर्दै उनले पार्टी पुनर्गठन, रुपान्तरण र सामूहिक नेतृत्व मार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आफू प्रतिबद्ध रहेको बताए ।
पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा राख्दै अभिभावकीय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् ।
उनले पार्टीको संरक्षण नै राष्ट्रको रक्षा र जनहितका लागि महत्वपूर्ण रहेको पनि उल्लेख गरेका छन् ।














