जनकपुर, ९ मंसिर । जनकपुरमा आज सीताराम विवाह पञ्चमीको रौनक बढेको छ ।
सप्ताहव्यापी विवाह पञ्चमी महोत्सवको मुख्यदिन त्रेया युगमा भए जस्तै राम र जानकीको विवाह गर्ने प्रचलन छ । आज दिउँसो एतिहासिक रंगभूमि मैदान बाह्र बिघामा राम र जानकीको स्वयम्बर सम्पन्न गरिएको छ ।
साधुशन्तको अगुवाइमा झाँकी किर्तण सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर ऐतिहासिक बाह्रबिघा रंगभूमि मैदान पुगेर भव्य रूपमा स्वयम्बर भएको ।
बाजागाजा सहित निस्किने दुवै डोला बाह्रबिघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मालाफेर गरी राम र जानकीको स्वयम्बर गर्ने प्रचलन छ ।
डोला र स्वयम्बरको दर्शन गर्न जानकी मन्दिरदेखि बाह्रबिघा मैदानसम्म खचाखच दर्शनार्थीहरुको भीड देखिएको थियो ।
स्वयम्बर पश्चात दुवै डोलालाई नगरपरिक्रमा गराइँदै छ । जानकी मन्दिर पुगेपछि साँझदेखि वैदिक परम्परा अनुसार रातभर विवाहको हुने छ ।














