काठमाडौं, ९ मंसिर । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गरेको छ ।
निर्वाचन विभाग प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले आयोगमा निवेदन बुझाएका हुन् ।
आचार्यका अनुसार चुनाव कुनै पनि बेला भए पनि तयारी अवस्थामा रहने एमालेले कानुनी प्रक्रिया पूरा गर्दै दर्ता गराएको हो । मंसिर १० गतेसम्म दल दर्ताको समय खुला रहेको छ ।
सोमबारसम्म ६४ दल दर्ता भइसकेका मध्ये एमाले ६६ नम्बरमा दर्ता भएको छ । आयोगमा दर्ता दलको संख्या १३५ पुगेको र निर्वाचन प्रयोजनका लागि दर्ता गराउने दलहरूले मात्रै चुनावमा भाग लिन पाउने आयोगले जनाएको छ ।














