काठमाडौं, ९ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले महिला हिंसा अन्त्य गर्न पहिले गरिबी र बेरोजगारी हटाउनुपर्ने आवश्यकता औंल्याएकी छन् ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा आयोजित कार्यक्रममा १६ दिने लैङ्गिक हिंसा विरोधी अभियान सुरु गर्दै उनले गरिबीका कारण महिलामा हिंसा बढ्ने र रोजगारी अभावले विदेशमा समेत प्रताडना भोग्नुपरेको बताइन् ।
प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापित गर्न सके मात्र गरिबी न्यूनीकरण सम्भव हुने उल्लेख गर्दै आफू सरकारमा आएपछि जहाँ सम्भव छ, नियुक्तिमा महिलालाई प्राथमिकता दिइएको बताइन् ।
तर, योग्य र मेहनत गरेका पुरुषलाई अन्याय नहुने पनि स्पष्ट पारिन् ।














