जनकपुर, ८ मंसिर । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विना विभागीय रहेका तीन मन्त्रीहरूलाई मन्त्रालयको जिम्मेवारी तोकेका छन् ।
एमालेका लखन दास तत्मालाई ऊर्जा, सिंचाइ तथा खानेपानी मन्त्रालय, नेपाल संघीय समाजवादी पार्टीकी विमला अन्सारीलाई गृह, सञ्चार तथा कानुन मन्त्रालय, र राप्रपाकी कञ्चन विच्छालाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको हो ।
सर्वोच्च अदालतले २ मंसिरमा मुख्यमन्त्री यादवलाई नीतिगत र दीर्घकालीन प्रभाव पार्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो ।














