काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव आदर्श कुमार श्रेष्ठले परिवार÷नातेदारलाई नियुक्ति गरेको आरोप सार्वजनिक भएपछि प्रधानमन्त्रीको सचिवालयले विज्ञप्ति जारी गर्दै ती आरोपहरू असत्य र अनावश्यक जोडिएको भन्दै खण्डन गरेको छ । सचिवालयका अनुसार थर वा जात मिलेकै आधारमा जबरजस्ती ‘नातेदार’ भनी प्रचार गरिएको छ ।
प्रधानमन्त्री कार्कीले मितव्ययिता र पारदर्शितामा जोड दिँदै दरबन्दी अनुसार राख्न पाइने भन्दा निकै कम जनशक्ति मात्र नियुक्त गरिएको स्पष्ट गर्दै प्रमुख स्वकीय सचिव र अन्य कर्मचारीको नियुक्ति कानुनी प्रक्रिया र विश्वासमाथि आधारित भएको जनाएको छ।
साथै, प्रमुख स्वकीय सचिवको नियुक्ति प्रधानमन्त्रीकै अधिकारक्षेत्रको विषय भएको पनि दोहोर्याइएको छ ।














