काठमाडौं, ८ मंसिर । अभियन्ता खगेन्द्र सुनार नेतृत्वको ‘हाम्रो पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ ।
कात्तिक १८ मा निवेदन दिएको यो पार्टी आइतबार २१६ नम्बरमा ‘लाइक’ चुनाव चिन्हसहित दर्ता भएको आयोगले जनाएको छ । सुनारले सोमबार बाजागाजासहित प्रमाणपत्र लिन आउने तयारी गरेका छन् ।
सोही दिन स्वाभिमान पार्टी र नागरिक सर्वोच्चता पार्टी समेत दर्ता भएसँगै जेन–जेड आन्दोलनपछि दर्ता हुने दलको संख्या १३ पुगेको छ, भने अझै २५ दल दर्ता प्रक्रियामा छन् ।
मंसिर १० भित्र प्रमाणपत्र लिने दलले आगामी फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन पाउनेछन् ।














