काठमाडौं, ६ मंसिर । काठमाडौंमा आयोजित जनप्रदर्शनपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार संविधानविपरीत बनेको आरोप लगाउँदै यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतले गर्नुपर्ने बताए ।
उनले अदालतले यस्तो सरकारलाई संवैधानिक ठहर गर्न नसक्ने दाबी गरे । एमाले जनताको स्वाभिमान, शान्ति, सुव्यवस्था र लोकतान्त्रिक मूल्यका लागि काम गर्ने पार्टी भएको भन्दै उनले संविधान मिचेर बनेको सरकारलाई लोकतान्त्रिक प्रक्रियामा फर्काउने चेतावनी दिए ।
अराजकता दीर्घकालीन टिक्दैन र एमालेले त्यसको अन्त्य गर्ने ओलीको दाबी थियो ।












