जनकपुर, ५ मंसिर । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता र भौतिक पूर्वाधार तथा सहकारी विकास मन्त्री कुलमान घिसिङ्गले जनकपुरस्थित निर्माणाधीन रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निरीक्षण गरेका छन् ।
उनले रंगशालाको डिजाइन, मैदान, सिट व्यवस्था र पार्किङसहितका पूर्वाधारबारे जानकारी लिए । मन्त्रीद्वयले रंगशाला जनकपुर र देशको खेलकुद विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्दै संघ सरकारबाट आवश्यक सहयोग उपलब्ध गराइने प्रतिबद्धता जनाए ।
बहुउद्देश्यीय रंगशालामा विभिन्न खेलका लागि आधुनिक सुविधा समेटिनेछ ।














