KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश आन्दोलनदेखि आधुनिक चुनावी मोडेलसम्मः किन बढ्दैछ बीपी साहप्रति जनताको चासो?

मधेश आन्दोलनदेखि आधुनिक चुनावी मोडेलसम्मः किन बढ्दैछ बीपी साहप्रति जनताको चासो?

जनकपुर, ४ मंसिर । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन नजीकिँदै गर्दा धनुषा क्षेत्र नम्बर १ मा नयाँ राजनीतिक व्यक्तित्वका रूपमा उदाउँदै आएका युवा नेता बीपी साहबारे चर्चा निकै तीब्र बन्दै गएको छ ।

लामो समयदेखि पत्रकारिता, सामाजिक सेवा र आन्दोलनमा सक्रिय साह पछिल्ला महिनादेखि मतदातासँग प्रत्यक्ष संवाद, छलफल र सुझाव संकलनमा केन्द्रित छन् । धनुषा जिल्लाको सबैला नगरपालिका–१२, रघुनाथपुर उनको स्थायी निवास हो भने उनको मामाघर धनुषाधाम नगरपालिकामा पर्दछ ।

सामान्य किसान परिवारमा जन्मिएका ३५ वर्षीय साह अहिले राजनीति शास्त्रमा एमफिल–पीएचडी तहमा अध्ययनरत छन् । यसअघि उनले पत्रकारिता तथा आमसञ्चारमा एमए र कानूनमा एलएलबी अध्ययन गरिसकेका छन् ।

प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट सुरु गरेर उनले एसएलसी फकिरचन्द्र गामी उच्च मावि, बरकुर्वाबाट पूरा गरेका थिए । प्लस–टु जनकपुरबाट तथा उच्च शिक्षा काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालयमा पूरा गरेका छन् ।
पत्रकारिताबाट पहिचान, आन्दोलनबाट लोकप्रियता
साह २०६४ सालदेखि पत्रकारितामा सक्रिय हुँदै आएका छन् । रेडियो नेपालसहित विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय मिडियामा काम गर्दै उनले नेपालको संविधान निर्माण, संसदीय कार्यप्रणाली, संघीय सरकारका गतिविधि तथा मधेश राजनीतिमा गहिरो अध्ययन र रिपोर्टिङ गरे ।

यसै कारण उनी संघीय संसद् र सरकारको कामकाजबारे जानकार व्यक्तित्व मानिन्छन् । मधेश आन्दोलनका तातेबेला उनी हुलाकी न्यूजका संस्थापक–सम्पादकको रूपमा चर्चामा थिए ।

आन्दोलनको बेला सरकारले उनीमाथि पक्राउ पुर्जी जारी गर्दै वेबसाइट नेपालमा प्रतिबन्ध लगाएपछि उनी केही समय भारतमा भूमिगत रहँदै आन्दोलनलाई निरन्तर अगाडि बढाइरहेका थिए ।
सामाजिक सेवा र मानवीय अभियानको मोर्चामा सक्रिय
साह धनुषा–१ मात्र होइन, मधेशका धेरै जिल्लामा सामाजिक अभियानमा सक्रिय रहे । कोरोना महामारीको समयमा ‘कोही भोकै नबसौँ’ अभियान सञ्चालन गर्दै हजारौँ परिवारलाई राहत तथा दैनिक भोजन उपलब्ध गराए ।

महामारीका कारण मृत्यु भएका वा उपचार अभावले गम्भीर अवस्थामा परेका नागरिकको उपचार व्यवस्थापनमा पनि उनी अग्रसर रहे । गरिब, दलित तथा उत्पीडित समुदायका अधिकारका लागि साह पटक–पटक काठमाडौँ हुँदै तराई–मधेशमा भएका विभिन्न आन्दोलनमा पक्राउ पर्ने नेतामा गनिन्छन् ।

पछिल्लो समय चर्चामा आएको जेनजी आन्दोलन र किसान आन्दोलनमा पनि उनी सक्रिय अगुवाका रूपमा देखिए ।
राजनीतिक यात्रा र चुनावी अनुभव
२०७९ सालमा उनी सबैला नगरपालिकाको मेयर पदमा उम्मेदवार बने । ‘अंगना मे नगरपालिका, मोबाइल स काम’ जस्ता डिजिटल र आधुनिक अवधारणाले मतदाताको ध्यान ताने पनि दलगत गठबन्धनका कारण पराजित भए ।

यद्यपि पहिलो चुनावमै उनले उल्लेखनीय मत ल्याएर प्रभावशाली उपस्थिति देखाए । त्यही वर्षको प्रदेश तथा संघीय चुनावमा उनी धनुषा–१ का चुनावी कमान्डर बने ।

उनले खटाएका उम्मेदवारहरूले प्रतिनिधिसभामा १४ हजारभन्दा बढी तथा प्रदेशसभामा पनि उल्लेख्य मत ल्याए ।
यसपटक सीधै मैदानमा, रोजगारी–शिक्षा–विकास मुख्य एजेन्डा
यस पटक उनी स्वयं धनुषा क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीमा छन् । क्षेत्रका रोजगारी, शिक्षा र विकाससम्बन्धी चुनौती समाधान गर्नुपर्ने उनी मान्छन् ।

युवाहरू बाहिरिनुपर्ने बाध्यता घटाउन सक्ने रोजगारमुखी योजनामा विज्ञहरूसँग छलफल चलिरहेको उनले बताएका छन् । साथै सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षाको पहुँच बढाउने, स्वास्थ्य तथा पूर्वाधारका क्षेत्रमा टिकाऊ योजना बनाउने र प्रत्यक्ष जनताका सरोकारका विषयलाई संसद्मा जोरदार आवाज बन्ने उनको उद्देश्य छ ।
छलफलका क्रममा साहले मतदातासँग भनेका शब्दहरू चर्चामा छन
“म पढेलेखेको सक्षम उम्मेदवार हुँ भने सहयोग गर्नुस् । मन्त्री–सांसद भएर यस क्षेत्रको विकास नगरेको छु भने मेरो विरोध गर्नुस् । अन्याय–अत्याचारका विरुद्ध बोल्न सक्छु भने मत दिनुस्, जनतालाई धोका दिएको छु भने विरोध गर्नुस् ।

उनको यिनै स्पष्ट र आत्मविश्वासपूर्ण अभिव्यक्तिका कारण धनुषा–१ मा आगामी चुनावी प्रतिस्पर्धा झनै रोचक बन्दै गएको छ ।

Facebook Comment

Related Posts

आर्थिक रूपान्तरणको प्रस्थान बिन्दुमा नेपाल : अर्थमन्त्री वाग्ले

लगानीमैत्री वातावरण बनाउने सरकारको प्रतिबद्धता

खड्का-कोइराला समूहसँग छलफल गर्न कांग्रेस बैठक बस्दै

सुकुमबासी व्यवस्थापनमा सरकार असफल-कांग्रेसको आरोप

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

मिथिला हस्पिटालिटीद्वारा १२४ कोठाको लक्जरी होटल जनकपुरमा

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

प्रधानमन्त्री कार्यालयमा सञ्चारकर्मीमाथि अवरोध, प्रेस स्वतन्त्रतामा प्रश्न

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

लागुऔषधविरुद्ध मधेसमा विशेष अभियान, युवामाथि चिन्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar