काठमाडौं, ४ मंसिर । राष्ट्रिय सुरक्षा परिषद्ले निर्वाचनमा सेना परिचालन गर्ने निर्णय गर्दै त्यसका लागि मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
परिषद्को कार्यालयमा बसेको बैठकले आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा सेना परिचालन गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको परिषद्का सदस्य सचिव तथा रक्षा सचिव सुमनराज अर्यालले बताए ।
स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा चुनाव सम्पन्न गराउन सेना परिचाल गर्न सरकार समक्ष सिफारिस गर्ने निर्णय भएको उनले बताए ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा परिषद्का सदस्यहरु अर्थमन्त्री, गृहमन्त्री, मुख्य सचिव, प्रधानसेनापति र रक्षा सचिवसहितको बैठक सहभागी थियो ।














