काठमाडौं, १३ कार्तिक । प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको त्रिपक्षीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचनअघि नै राजसंस्था पुनःस्थापनाको माग गरेको छ ।
राप्रपाका महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठले राजा, राजनीतिक दल र जेनजी पुस्ताबीच नयाँ समझदारी हुनुपर्ने बताउँदै यथास्थितिमा चुनाव गरेर केही हासिल नहुने धारणा व्यक्त गरे ।
प्रधानमन्त्री कार्कीले भने मुस्कुराउँदै प्रतिक्रिया दिइन्, “मलाई त चुनाव मात्रै गर्ने म्यान्डेट छ । राप्रपाले चुनावको विरोध नगरे पनि संविधान संशोधन, सुशासन र विद्रोहका मुद्दा पहिला सम्बोधन गर्नुपर्ने माग राखेको छ ।
श्रेष्ठका अनुसार यो बैठकलाई ‘कोर्स करेक्सनको अवसर’को रूपमा लिन सरकार र दलहरूलाई आग्रह गरिएको छ ।














