काठमाडौं, १३ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो १ बजे ललितपुरको बिपी स्मृति भवनमा बस्दैछ ।
बैठकमा पार्टीको १५औँ महाधिवेशनबारे मुख्य छलफल हुनेछ । सभापति शेरबहादुर देउवाको कार्यकाल मङ्सिरभित्र समाप्त हुँदैछ, जसका कारण नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा विवाद बढेको छ ।
५४% महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको समर्थनमा हस्ताक्षर गरेका छन् । देउवाको स्वास्थ्य कारण उपसभापति पूर्णबहादुर खड्का कार्यवाहक सभापति बनेर बैठक सञ्चालन गरिरहेका छन् ।
तिहार–छठ पर्वका कारण स्थगित बैठक आज पुनः बस्दैछ ।














