काठमाडौं, ४ कार्तिक । काठमाडौंको ढटल मार्गस्थित विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको घरमा चोरी गरेको अभियोगमा भारतीय नागरिक सरोज आलमलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ ।
उनीसहित पक्राउ परेका अन्य तीन नेपाली नागरिकलाई धरौटीमा रिहा गरिएको छ ।
शाक्यको घरमा रहेको ‘रेष्टलस’ नामक एनजीओ कार्यालयबाट पदक, डलर, सुनचाँदीका गहना लगायत गरी १६ लाख रुपैयाँभन्दा बढीको चोरी भएको प्रहरीले जनाएको छ ।














