जनकपुर, २२ असोज । नेकपा एमालेले मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
आज पार्टीले मुख्यमन्त्री सतिशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै अबको सहकार्य सम्भव नरहेको जनाएको हो ।
पार्टीको आज बसेको बैठकपछि उक्त निर्णय सार्वजनिक गरिएको छ । मुख्यमन्त्री सिंहको नेतृत्वमा बनेको सरकारले जनअपेक्षा अनुसार काम नगरेको र राजनीतिक नैतिकता गुमाएको आरोप एमालेले लगाएको छ ।
एमालेको समर्थन फिर्तासँगै मधेस प्रदेश सरकार अल्पमतमा परेको छ । एमालेको समर्थन गुमेपछि विपक्षी दलहरूलाई सत्ता समीकरण फेरबदल गर्ने अवसर मिलेको छ ।














