काठमाडौं, २१ असोज । जेन–जी समूहको धम्कीपछि काठमाडौंका संवेदनशील क्षेत्रहरू प्रधानमन्त्री निवास बालुवाटार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आज बिहानैदेखि प्रहरीको कमाण्डो टोली तैनाथ गरिएको छ ।
भिड जम्मा भएमा क्रमशः बल प्रयोग गर्ने अधिकारसहित टोली खटाइएको छ । सुरक्षा चुनौतीको प्रतिक्रिया स्वरूप प्रधानमन्त्री सुशीला कार्कीको निर्देशनमा विशेष सुरक्षा व्यवस्था गरिएको हो ।
गृहमन्त्री र प्रहरी प्रमुखबीच सोमबार रातिको बैठकमा जेन–जी समूहको धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको थियो । यसबीच, सुधन गुरुङ नेतृत्वको टोलीले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जाहेरी दिन खोज्दा प्रहरीले इन्कार गरेपछि उनीहरू सडक आन्दोलनमा उत्रिने चेतावनी दिँदै हिँडेका थिए ।
सुरक्षा संवेदनशीलताका कारण प्रहरीले राजधानीका सबै बिट टोलीलाई हिजै साँझ फिर्ता बोलाएको थियो ।














