काठमाण्डौं, १८ असोज । जल तथा मौसम विज्ञान विभागले नेपालमा अझै ३० घण्टा मनसुन सक्रिय रहने सम्भावना रहेको जनाएको छ ।
आगामी ३६ घण्टाका लागि गरिएको मनसुनी प्रणालीको अवस्थिति र सम्भावित फैलावटको विश्लेषणबाट बागमती, गण्डकी, मधेस र कोसी प्रदेशका अधिकांश स्थानमा मनसुन सक्रिय हुने देखिएको विभागले जनाएको छ ।
विभागका अनुसार, सक्रिय मनसुनको ठूलो प्रभाव बागमती र मधेसमा देखिनेछ । विभागले नदीको तटीय क्षेत्रमा रहेकाहरूलाई सुरक्षित स्थानमा जान पनि आग्रह गरेको छ ।














