काठमाडौं, १० भदौ । सुनसरीका धरानमा अटोरिक्साले दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाइते भएका छन् ।
विजयपुर चोकबाट बुढासुब्बा मन्दिरतर्फ जाँदै गरेको को १ ह ६०१९ नम्बरको अटोरिक्सा र विपरीत दिशाबाट आइरहेको को ३७ प ७९८६ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालक धरान उपमहानगरपालिका–१४ का ३२ वर्षीय सन्दीप मगर गम्भीर घाइते भएको थियो ।
उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा अटोरिक्सा चालक धरान–१४ का ३१ वर्षीय अविनाश तामाङ घाइते भएकोे छ ।
उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यलयका प्रहरी प्रवक्ता योगराज खतिवडाले जानकारी दियो ।














