काठमाडौं, ३१ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई त्रिभुवन विमानस्थलबाट सिधै नख्खु लगिएको छ ।
कारागार व्यवस्थापन विभागले हिजो गरेको निर्णय अनुसार लामिछानेलाई आज रुपन्देही कारागारबाट सिधै नख्खु ल्याइएको हो ।
नख्खु कारागार बाहिर रविका समर्थकहरू बाक्लो संख्यामा उपस्थित भएका थिए ।
उनीहरूले रविको समर्थनमा नाराबाजी गरेका थिए । रविले समर्थकहरूलाई भ्यानबाटै हात हल्लाए ।
उनको स्वागतमा नख्खु कारागारमा पार्टीका सांसद, तथा नेताहरू पनि पुगेका थिए ।














