काठमाडौं, २९ साउन । गृहमन्त्री रमेश लेखकले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको स्पष्टीकरण दिएका छन् ।
विधायन व्यवस्थापन समितिको बिहीबारको बैठकमा बोल्दै उनले गोरखा भर्तीका सन्तानले नेपालको नागरिकता पनि वंशजको आधारमा पाउनुपर्ने भन्दै माग गरेको छ ।
तर, सरकारले भने दुई देशको नागरिकता दिन नसकिने बताए । गृहमन्त्री लेखकले कुनै नेपाली नागरिक विदेशको नागरिकता प्राप्त गरेको छ भने नेपालको नागरिकता स्वतः समाप्त हुने जनाए ।
विदेशको नागरिकता लिइसकेको अवस्थामा नेपालको नागरिक बन्न चाहेको खण्डमा उक्त देशको सम्पूर्ण डकुमेन्ट छाड्नपर्ने उनले जनाए । दुवै देशको नागरिकता राख्न दिने हो भने संविधान संशोधन गर्दा पहल गर्नुपर्ने गृहमन्त्री लेखकले बताए ।
बिहीबार नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफल भएको हो । छलफलमा उनले आमाले घोषणा गरेर मेरो सन्तान हो भनेको खण्डमा नागरिकता दिनुपर्ने प्रावधान राख्नुपर्ने विधेयकको उद्देश्य रहेको पनि जनाए ।
गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिन प्रतिनिधि सभाबाट अनुमान हुन नसकेको कुराहरू भए राख्न पनि सांसदहरूसँग माग गरे ।














