काठमाडौं, २९साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का पूर्वमहामन्त्री देवेन्द्रकुमार यादव कांग्रेस प्रवेश गरेका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय पुगेर यादव कांग्रेस प्रवेश गरेका हुन् । यादवलाई कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी सदस्यता कार्ड दिँदै पार्टीमा प्रवेश गराएका छन ।
नेपाल सद्भावना पार्टी, राष्ट्रिय जनता पार्टी हुँदै लोसपाको महामन्त्री बनेका यादव पछिल्लो समय निष्क्रिय बसेका थिए ।














