काठमाडौं, २७ साउन । अमेरिकाको टेक्सासमा रहेको नेपालीभाषी भुटानी शरणाथी माथि गोली चलाए एकै परिवारका तीनको मृत्यू भएका छन् ।
मृत्यू भएमा एक बालक पनि थियो । टेक्सासको डल्लासमा एक अपार्टमेन्टमा गत शनिबार बिहान ५३ वर्षीय ललित प्रधान, उनकी ३५ वर्षीया रञ्जना श्रेष्ठ र उनीहरुका ३ वर्षे छोरा प्रनिशको मृत्यू भएको अमेरिकन सञ्चार माध्यम जनाएको छ ।
रञ्जना र प्रनिश घटनास्थलमै गोली लागेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । घटनास्थलमा गम्भीर घाइते अवस्थामा भेटिएका ललितको भने उपचारको क्रममा ज्यान गएको प्रहरी अधिकारीहरुले बताए ।
ललित पूर्वी मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरबाट करिव डेढ दशकअघि पुनर्वासमा अमेरिका आएका हुन् । उनकी श्रीमती रञ्जनाको माइत भने काठमाडौंमा छ ।














