काठमाडौं, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा विभाजन गर्ने तागत कसैसँग नरहेको चेतावनी दिएका छन् ।
विगतमा चित्त नबुझ्ने बित्तिकै पार्टी फुटाइहाल्ने प्रवृति रहेको र त्यसका केही अवशेष अझै बाँकी रहेको उल्लेख गर्दै उनले अब त्यो सम्भावना नरहेको बताएको छ ।
लिङ्देनले पार्टीभित्र देखिएका समस्या सेर समाधान गर्ने, चित्त नबुझेका विषयहरू पार्टीका समितिमा छलफल गर्ने र छलफलपछि निस्किएको निष्कर्ष सबैले मिलेर जानुपर्ने जनाएको छ ।
समितिहरूबाट आफ्ना कुरा पारित हुन नसके वा चित्त नबुझे महाधिवेशनमा गएर नेतृत्वमाथि चुनौती दिन सक्ने उनको भनाइ छ ।














