सप्तरी, २३ साउन । सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको रुपनी गाउँपालिका–३ कटैयाका ४२ वर्षीय शम्भुकुमार इसर रहेका छन् ।
शुक्रवार बिहान इसर गाउँ नजिकै धान खेतमा लगाइएको मोटर खोल्ने क्रममा करेन्ट लागेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्रकुमार बस्नेतले बताए ।
उनको घटनास्थलमै मृत्यु भएको डिएसपी बस्नेतले बताए । घटनाबारे थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ ।














