काठमाडौँ, १९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा मनिष झा फर्किएका छन् ।
सोमबारदेखि कार्यवाहक प्रवक्ताको जिम्मेवारीमा फर्किएको सामाजिक सञ्जाल फेसबुक मार्फत झाले जानकारी गराएका छन् । म केही सप्ताहको अध्ययन बिदा पश्चात आजबाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रवक्ता (कार्यवाहक) को जिम्मेवारीमा फर्किएको छु’, उनले लेखेका छन् । झा गत माघ पहिलो हप्तादेखि अध्ययनका लागि एक महिना बिदामा बसेका थिए ।














