काठमाडौं, १६ फागुन । गएरातिदेखि भएको मौसम बदलीको कारण नेपालमा हवाई उडान प्रभावित भएको छ ।
शुक्रबार बिहानैदेखि नेपालका आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएका छन् । आज बिहान काठमाडौँ विमानस्थलको भिजिविलिटी १६ सय मिटर मात्रै रहेको छ । अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आईएफआरको साहायतामा उडान भैरहेको छ ।
केही जहाज अवतरणको लागि स्लट कुरिरहेका फ्लाईट राडरमा देख्न सकिन्छ । बुद्ध एयरका अनुसार आन्तरिक उडान हुने पोखरा, भरतपुर र तुम्लिङटार अझै खुलेका छैनन् ।
ती विमानस्थलबाट पनि बिहानैदेखि उडान हुन सकेको छैन । उडान प्रभावित हुँदा यात्रुहरु विमानस्थलमा मौसम खुल्ने प्रतीक्षामा बसेका छन् ।














