काठमाडौं, १२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउन अब कुनै पार्टीसँग गठबन्धन नगर्ने र आफ्नै खुट्टामा उभिने बताएका छन् ।
झापामा आयोजित तराई–मधेश जागरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले अरु पार्टीसँग सहकार्य नगर्न माओवादीलाई जनताले नै सुझाव दिएको बताए ।
नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धन गरेर सरकारमा रहँदा जनतासँगको सम्बन्ध टुट्न पुगेकोबारे पार्टीले समीक्षा गरिसकेको बताएका उनले अब जनतासँग क्षमा माग्दै सम्बन्ध सुधारमा लागेको बताए ।














