काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले हाल प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रसँग बसेर नै आफूहरुले सामाजिक सञ्जाल विधेयक तयार पारेको बताएका छन् ।
काठमाडौंमा भएको कार्यक्रममा ओलीले माओवादीसँगै बसेर विधेयकको मस्यौदा तयार पारिएको बताएका हुन् । पहिले सहमति जनाएर अहिले विरोध गरेको भन्दै ओलीले आक्रोश व्यक्त गरका छन ।
अहिले सामाजिक सञ्जालको विषयमा जो हल्ला गर्ने, चर्का कुरा गर्ने, विरोध गरेर उफ्रिने संसदमा भएका केही पार्टीहरु छन् । प्रधानमन्त्री ओलीले बोल्ने सबैलाई छुट भए पनि जे पनि बोल्न नपाइने बताएका छन । कुनै वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतामा कुनै प्रकारको बन्देज लगाइने छैन ।
अहिले सामाजिक सञ्जाल विधेयकको विरोधमा उभिए पनि विगतमा माओवादीले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध नै लगाएको समेत प्रधानमन्त्री ओलीले स्मरण गराए ।














